काठमाडौँ । मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।
सनराइजर्सले दिएको १४४ रनको लक्ष्य पछाएको मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । मुम्बईको जितमा रोहित शर्माले सर्बाधिक ७० रन बनाएका थिए भने सूर्यकुमार यादवले अविजित ४० रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले सर्बाधिक ७१ र अभिनव मनोहरले ४३ रन बनाएका थिए ।
त्यस्तै मुम्बईका बलर ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए भने दिपक चहरले २ तथा जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।
यो जितपछि मुम्बई इण्डियन्स ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरि सनराइजर्स हैदरावादले भने आफ्नो छैटौं हार बेहोरेको छ । ८ खेलमा ४ अंक रहेको सनराइजर्स नवौं स्थानमा रहेको छ ।




