खेलकुद

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको हो ।

एन्फाका अनुसार नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ । हङकङ फुटबल संघले आयोजना गर्ने सो खेल फिफा विन्डो अन्तर्गत मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ ।

फिफा वरियतामा हङकङ १५३औँ स्थानमा छ भने नेपाल हाल १७५औँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *