खेलकुद

पञ्जाबमाथि सनराइजर्स हैदराबादको कीर्तिमानी जित

काठमाडौँ । सनराइजर्स हैदराबादले कीर्तिमानी रन चेज गर्दै पञ्जाब किंग्सलाई पराजित गरेको छ । पञ्जावले दिएको २४६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

 

सनराइजर्सको जितमा अभिषेक शर्माले ५५ बलमा १४१ रनको तुफानी पारी खेलेका थिए । जसमा उनले १० छक्का र १४ चौका प्रहार गरेका थिए । उनले ४० बलमा आफ्नो शतक पुरा गरेका थिए । अभिषेकले र ट्राभिस हेडसँग पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । त्यस्तै हेडले ६६ बल बनाए भने हेइनरिच क्लासेनले २२ र इशान किशनले ९ रन बनाएका थिए ।

योसँगै सनराइजर्स हैदराबादले आईपीएल इतिहासमा दोस्रो ठूलो लक्ष्य हासिल गरेको छ । यसअघि पञ्जाब किंग्सले गत सिजन कोलकाता विरुद्ध २६२ रनको स्कोरको पिछा गर्दै सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको थियो ।

यो सनराइजर्सका लागि ओपनिङ जोडीले गरेको दोस्रो ठूलो साझेदारी हो । यस मामिलामा शीर्ष स्थानमा जोनी बेयरस्टो र डेभिड वार्नर छन्, जसले २०१९ मा आरसीबीविरुद्ध १८५ रनको साझेदारी गरेका थिए ।

यसअघि, टस जितेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै २४५ रन बनाएको थियो ।

पञ्जावका लागि कप्तान श्रेयस अय्यरले सर्बाधिक ८२ रन बनाएका थिए भने प्रभसिमरन सिंहले ४२, प्रियांश आर्याले ३६, मार्कस स्टोइनिसले ३४ र नेहाल वाढेराले २७ रन बनाएका थिए ।

यो जितपछि सनराइजर्सको ६ खेलमा दोस्रो जित हासिल गरेको छ । यस सिजनको पहिलो जितपछि लगातार चौथो हार बेहोरेको सनराइजर्सले दोस्रो जित हासिल गरेको हो । त्यस्तै पञ्जावको भने दोस्रो हार हो । पञ्जावको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *