खेलकुद

एभर्टनसँग बराबरीमा रोकियो आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल एभर्टनसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनल र एभर्टन १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको ३४औं मिनेटमा लीन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाए पनि खेलको ४९औ मिनेटमा एभर्टनले पाएको पेनाल्टीलाई लिमान एनडीयेले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि आर्सनलको ३१ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । त्यस्तै एभर्टनको भने ३१ खेलमा ३५ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *