खेलकुद

मुम्बईलाई १२ रनले पराजित गर्दै लखनउको दोस्रो जीत

काठमाडौं । लखनउले मुम्बईलाई १२ रनले पराजित गरेको छ ।

 

इन्डियन प्रिमियर लिग २०२५ को १६ औं खेल लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो ।

 

टस हारेर पहिले ब्याटिङ गरेको एलएसजीले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाउन सफल भएको थियो भने २०४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले ५ विकेट गुमाएर १९१ रनमा समेटिन विवश भएको थियो ।

 

पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्स र एडेन मार्करामको अर्धशतकको आधारमा २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको हो ।

जवाफमा सूर्यकुमार यादवले पनि अर्धशतक प्रहार गरे पनि उनको प्रयास भने खेर गयो र मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १९१ रन मात्रै बनाएर पराजय सामाना गर्न बिबश भयो ।

लखनउको यो दोस्रो जीत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *