खेलकुद

एम्बाप्पे र बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेगानेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेगानेजलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए । त्यस्तै लेगानेजका लागि डिएगो ग्रासिया र डानी रावाले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २९ खेलमा ६३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोना समान ६३ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी लेगानेजको भने २९ खेलमा २७ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *