खेलकुद

आरसीबीसँग चेन्नई ५० रनले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले उसकै मैदानमा हराएको छ। ​

बेंगलुरुले चेन्नईलाई १७ वर्ष पछि ५० रनले हराएको हो। सन् २००८ को पहिलो संस्करणमा बेंगलुरुले चेन्नईलाई हराएको थियो। त्यसछिको यो नै पहिलो जित हो।

१ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो।

चेन्नईका लागि ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे । रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए।​

शिभम दुबे १५ बलमा १९ रन बनाए । महेन्द्रसिंह धोनी १६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रनमा अविजित रहे।​

चेन्नईलाई सस्तैमा रोक्न बेंगलुरुका लागि जोस हेजलवुडले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । यश दयाल र लियम लिभिङ्स्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए।

त्यसअघि चेन्नइको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो।​ बेंगलुरुको लागि कप्तान रजत पाटिदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे।​

बेंगलुरुको कप्तानको रुपमा पाटिदारले पहिलो अर्धशतक ३० बलमा पूरा गरे। ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे।

विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए। देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रन जोडे।

कोलकाता नाइटराइडर्ससँगको अघिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका कुर्नाण पाण्ड्या रनको खाता नखोल्दै आउट भए। टिम डेबिड ६ बलमा २२ रन बनाउँदै अविजित रहे।

चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद र रविचन्द्रन आश्विनले समान १ विकेट लिए।​

बेंगलुरु २ खेलमा अपराजित रहँदै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा पहिलो हार बेहोरेको चेन्नईको २ खेलमा २ अंक छ। पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *