खेलकुद

महिला एसियन कप छनौट खेलको ड्र सार्बजनिक, नेपाल समुह एफ मा

काठमाडौँ । एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको ड्र भएको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्रमा नेपाल समुह एफचमा परेको छ । नेपालको समुहमा उज्बेकिस्तान लाओस र श्रीलंका रहेका छन् ।

३४ देशलाई चार टोलीका छ देशको समूह र पाँच देश भएको दुई समूहमा विभाजन गरिएको छ । छनोट खेलहरू कम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्याण्ड, उज्बेकिस्तान र भियतनामले आयोजना गर्ने भएका छन् ।

आठ समूहका विजेताहरूले मार्च १ देखि २६, २०२६ सम्म तीन आयोजक शहरहरूमा आयोजना हुने एएफसी महिला एसियाली कप खेल्ने छन्

एशियाकपका लागि आयोजक अस्ट्रेलिया, फाइनलमा डिफेन्डिङ च्याम्पियन चीन पीआर, पछिल्लो उपविजेता दक्षिण कोरिया र पछिल्लो प्रतियोगितामा तेस्रो भएको जापान स्वत छनौट भएका छन् ।
समुह बिभाजन:

समूह ए: इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान ।
समूह बी: थाइल्याण्ड, भारत, मंगोलिया, टिमोर-लेस्टे र इराक ।
समूह सी: म्यानमार, बहराइन, बंगलादेश र तुर्कमेनिस्तान ।
समूह डी: चाइनिज ताइपेई, इन्डोनेसिया, किर्गिस्तान र पाकिस्तान ।
समुह इ: भियतनाम, गुआम, संयुक्त अरब इमिरेट्स र माल्दिभ्स ।
समूह एफ: नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका ।
समूह जी:: फिलिपिन्स, हङकङ, चीन, कम्बोडिया र साउदी अरेबिया ।
समूह एच: उत्तर कोरिया, मलेसिया, प्यालेस्टाइन र ताजिकिस्तान

छनौट खेलका समुह विजेता एशिया कपका लागि छनौट हुने छन् । छनोट खेलहरू आगामी जुन २३ देखि जुलाई ५ सम्म खेलाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *