खेलकुद

आइपिएलमा पञ्जाव किंग्सको विजयी शुरुवात

काठमाडौँ । जारी आइपिएल अन्तर्गत पञ्जाव किंग्सले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले गुजरात गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको हो ।

पञ्जावले दिएको २४४ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै २३२ रन बनाएको थियो ।

गुजरातक लागि साइ सुदर्शनले सर्बाधिक ७४ रन बनाएका थिए भने जोस बटलरले ५४, शेरफान रदरफोर्डले ४६ र कप्तान शुभमन गिलले ३३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २४३ रन बनाएको थियो ।

पञ्जावका लागि कप्तान श्रेयस अय्यरले अविजित ९७ रन बनाएका थिए । अय्यरले ४२ बल खेल्दै ५ चौका र ९ छक्का प्रहार गर्दै ९७ रन बनाएका हुन् । त्यस्तै प्रियांश आर्याले ४७ र शशांक सिंहले ४४ रन बनाएका थिए । त्यसैगरी गुजरातका बलर साइ किसोरले ३ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *