खेलकुद

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियासँग पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल मलेसियासँग २-० गोल अन्तरले पराजित भएको हो ।

मलेसियाले दुवै हाफमा एक एक गोल गरेको थियो । मलेसियाको जितमा खेलको २९औं हेक्टर हेभेलले र खेलको ७०औ मिनेटमा लाभेरे कोर्बिन ओंगले गोल गरेका थिए ।

योसँगै पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिलेसम्म पराजित गर्न असफल भएको छ । अहिलेसम्म यो खेलसहित नेपाल र मलेसियाबीच ८ खेल भए भने जसमा नेपाल मलेसियासँग ७ पटक पराजित भएको छ भने एक पटक बराबरी खेलेको छ ।

फिफा वरियतामा मलेसिया १३२औं र नेपाल १७५ औं स्थानमा छन् । आजको खेल नेपालमा हुनुपर्नेमा दशरथ रंगशालालाई अन्तराष्ट्रिय मान्यता नभएको कारण नेपाली टोली मलेसिया गएको हो ।

यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।

अब एसियन कप छनोट अन्तर्गत नेपालले अर्को खेल आगामी जुन १० मा लाओसविरुद्ध खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *