खेलकुद

सनराइजर्सले राजस्थानलाई दियो कीर्तिमानी २८७ रनको लक्ष्य

काठमाडौँ । जारी आइपिएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई कीर्तिमानी २८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै २८६ रन बनाएको हो । सनराइजर्सका लागि इशान किशनले अविजित ४७ बलमा १०६ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै ट्राभिस हेडले ६७ रन बनाए भने हेनरिक क्लासेनले ३४, नितिश कुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर तुषार देशपाण्डेले ३ विकेट र महीश थीक्सनाले २ विकेट लिएका थिए ।

सनराइजर्सले बनाएको यो टोटल आइपिएलकै इतिहासको दोस्रो ठुलो टोटल हो । यसअघि २०२४ को आइपिएलमा सनराइजर्सले नै आरसीबीविरुद्ध २८७ रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *