खेलकुद

गण्डकीमाथि एपीएफ ३१ रनले विजयी

काठमाडौँ । जारी पीएम कप अन्तर्गत एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको हो ।

एपीएफले दिएको २५९ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउदै २२७ रन बनाएपछि एपीएफ ३१ रनले विजयी भएको थियो ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको एपीएफले आसिफ सेखको ८० रनको मद्धतले ४९.२ ओभरमा अल आउट हुदै २५८ रन बनाएको थियो ।

योसँगै एपीएफले प्रतियोगितामा पाँचौं जित हासिल गरेको छ । ७ खेलमा १० अंकसहित एपीएफ तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै गण्डकीले भने आफ्नो सातौ हार बेहोरेको छ । गण्डकीको ८ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *