काठमाडौँ । जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य पछाएको कोशीले ४५.१ ओभरमा अलआउट हुदै २११ रन बनाएको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले किरण ठगुन्नाको शतकको मद्धतले ४३.४ ओभरमा अलआउट हुदै २४२ रन बनाएको थियो ।
यो जितपछि सुदूरपश्चिमले तेस्रो जित हासिल गरेको छ । सुदूरपश्चिमको ८ खेलमा ६ अंक भएको छ र हाल सातौं स्थानमा रहेको छ । त्यस्तै कोशीले भने ८ खेलमा सातौं हार बेहोरेको छ ।




