खेलकुद

न्यूजील्याण्डले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ ।

आइतबार सम्पन्न सिरिजको चौथो खेलमा न्यूजील्याण्डले पाकिस्तानमाथि ११५ रनको जित हासिल गरेको हो ।

न्यूजील्याण्डले दिएको २२१ रनको लक्ष्य पछाएको पाकिस्तानले १६.२ ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै २२० रन बनाएको थियो ।

यो जितसँगै न्युजील्याण्डले ५ खेलको सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ भने एक खेल अघि नै सिरिज जितेको छ ।

अब सिरिजको अन्तिम खेल बुधबार हुने छ भने त्यसपछि ३ खेलको एकदिवसीय सिरिज हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *