
सिरहा। लहान नगरपालिकाको सहयोगमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ।
लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यायलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा दश टोली सहभागी हुने आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले बताएका छन्। सोमबारको उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेतालाई रु दुई लाख ११ हजार र उपविजेतालाई रु एक लाख ११ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि लहान नगरपालिकाले रु २० लाख सहयोग गरेको छ। दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनाइटेडले जितेको थियो भने सलहेश युवा क्लब, सिरहा उपविजेता बनेको थियो ।