खेलकुद

कोशीमाथि बागमती प्रदेशको फराकिलो जित

काठमाडौं । जारी पीएम कप अन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि फराकिलो अन्तरको जित हासिल गरेको छ ।

शनिबार लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनले पराजित गरेको हो ।

बागमती प्रदेशले दिएको २४१ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २५.३ ओभरमा अल आउट हुदै १०९ रन मात्र बनाएको

कोशीका लागि आशिष भट्टराईले सर्बाधिक ३७ रन बनाए भने सुजन थपलियाले २५ र फिर्दोश अन्सारीले २४ रन बनाए । त्यस्तै बागमतीका बलर सुर्य तामाङले ५ विकेट लिए भने रिजन ढकालले ३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बागमतीले ४९.३ ओभरमा अल आउट हुदै २४० रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशले तेस्रो जित हासिल गरेको छ । बागमतीको ७ खेलमा ६ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै कोशीको भने यो यस प्रतियोगितामा छौतौं हार हो । कोशीले एक खेल जितेको र २ अंकसहित पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *