खेलकुद

युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा

काठमाडौं । युगाण्डामा हुन लागेको महिला टी–२०आई शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले टोली घोषणा गरेको हो ।

मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।

नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *