खेलकुद

साउदी लिगमा अल नासर र अल हिलाल दुवै पराजित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर र अल हिला दुवै पराजित भएका छन् ।

गएराती सम्पन्न खेलमा अल नासर अल ओरोबाहसँग २-१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अल हिलाल पनि अल अहली साउदी क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

यो हारले अल नासर र अल हिलाल दुवैलाई यस सिजनको लिग जित्ने अभियानमा ठुलो धक्का पुगेको छ । अहिले साउदी लिगमा २२ खेल खेलेर ५६ अंक हासिल गरेको अल इत्तिहाद शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको अल हिलाल २३ खेलमा ५१ अंकसहित दोस्रो स्थानमा छ भने २३ खेलमा ४७ अंकसहित अल नासर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अल अहलीको पनि २३ खेलमा ४७ अंक नै रहेको छ भने २२ खेल खेलेको अल क्वादीसियाहको पनि ४७ अंक नै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *