खेलकुद

भद्रपुरझापा गोल्डकपः झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

भद्रपुर (झापा)। दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ ।

प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको होे । यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *