खेलकुद

लेबनानविरुद्ध नेपाललाई पहिलो अग्रता, साम्बाको बल प्रहारमा एक गोल

काठमाडौंं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध नेपालले पहिलो अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको ४२औं मिनेटमा नेपालकी सावित्रा भण्डारी साम्बाले टोलीलाई पहिलो अग्रता दिलाएकी हुन् ।

कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले प्रहार गरेको बलमा गोल भएको थियो । उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *