खेलकुद

च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

काठमाडौँ । युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न प्लेअफको दोस्रो लिगमा नेदरल्याण्डसको क्लब पीएसभीसँग ३-१ गोल अन्तरले पराजित हुदै युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पीएफभीले समग्रमा ४-३ को जित निकाल्दै च्याम्पियन्स लिगको नक आउट चरणमा पुगेको छ ।

यस खेलमा निर्धारित ९० मिनेटको समयमा पीएसभिले २-१ ले जित हासिल गरेपनि समग्रमा ३-३ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त खेलाइएको थियो । अतिरिक्त समयमा पीएसभीले गोल गर्दै युभेन्टसलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको थियो ।

अब पीएसभीले आर्सनल वा इन्टर मिलानको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *