खेलकुद

आहा-रारा गोल्डकपको फाइनल आज , उपाधि जित्ने दाउमा पुलिस

काठमाडौं । २४ औँ आहा-रारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ। दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन्।

विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिम पहिलोपटक सहभागी भएको हो। ६ पटक उपाधि जितेको पुलिस यसपल्ट उपाधिको ‘रेकर्ड ब्रेक’ गर्ने योजनामा छ। साविक विजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता थ्रिस्टार भने उपाधि होडबाट बाहिरिएका हुन्।

साहरा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँका साथै शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार पाउनेछन्। उत्कृष्टलाई विधागत पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *