खेलकुद

चेल्सीमाथि ब्राइटनको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले चेल्सीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा ब्राइटनले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा यानकुबा मिनटेहले २ गोल गरेका थिए भने काओरु मिटोमाले एक गोल गरेका थिए ।

यो महत्वपूर्ण जितपछि ब्राइटन लिगमा २५ खेलमा ३७ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सी भने २५ खेलमा ४३ अंकसहित चौथो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *