खेलकुद

च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको प्ले अफ खेलको पहिलो लिगमा बायर्न म्युनिखले सेल्टिकमाथि जित हासिल गरेको छ ।

गएराती सेल्टिकको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा माइकल ओलीस र ह्यारी केनले एक एक गोल गरेका थिए भने सेल्टिकका लागि एक गोल डाइजेन माएडाले गरेका थिए ।

प्लेअफ अन्तर्गतको दोस्रो लिग अब बायर्न म्युनिखले आफ्नो घरेलु मैदानमा फेब्रुअरी १९ मा खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *