खेलकुद

बराबरीमा रोकियो अल हिलाल

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलाल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल हिलाल डमाक क्लबसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

अल हिलालका लागि मार्कोस लीओनार्दो र सेर्गेज मिलिन्कोभिक साभिकले एक एक गोल गरेका थिए भने डमाकका लागि दुवै गोल हबिब डियालोले गरेका थिए ।

यो बराबरीपछि साउदी लिगमा अल हिलालको १९ खेलमा ४७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । त्यस्तै शिर्ष स्थानमा रहेको अल इत्तिहादको १९ खेलमा ४९ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको अल नासरको १९ खेलमा ४१ अंक रहेको छ ।

त्यसैगरी डमाकको यो बराबरीपछि १९ खेलमा २३ अंक भएको छ र लिगको ११औ स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *