
पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा मंगलबारदेखि राजधानी बाहिरको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रियअन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकपमा मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जारी संस्करणको बुधबार भएको खेलमा मछिन्द्रले विभागीय टिम एपीएफलाईमाथि २-० को सानदार जित निकालेको हो । मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १/१ गोलको योगदान गरे ।
खेलको ७४ औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८१ औं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन कामाहाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लब क्वाटर फाइनलमा पुग्न सफल भएको छ । प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
यसैगरी सो प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।