काठमाडौं । नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजिन् । नेपाली टोलीमा १ परिवर्तन भएको छ ।
मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् ।
दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो ।
यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ ।
नेदरल्याण्ड्स भने तेस्रो जितको खोजीमा छ । नेपाल सिरिजमा थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान २ पटक पराजित भएको छ ।
नेदरल्याण्डले नेपालसँगका दुवै खेल जित्दा थाइल्याण्डसँगको दुवै खेलमा पराजित भएको छ ।




