खेलकुद

आर्सनलसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर सिटीमाथि ५-१ गोल अन्तरले जित हासिल गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, थोमस पार्टी, मिलेस लेविस स्केली, काइ हाभेर्ट र इथान एन्वानेरीले एक एक गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २४ खेलमा ५० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा ६ अंकले पछाडी रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यसैगरी म्यानचेस्टर सिटीले भने यस सिजनमा सातौ हार बेहोरेको छ । यो हारपछि म्यानचेस्टर सिटीको २४ खेलमा ४१ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *