खेलकुद

नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हार्‍यो, पहिले बलिङ गर्दै

काठमाडौं । महिला त्रिकाणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेको छ ।नेदरल्याण्ड्सकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी छिन् ।

शनिवार नेदरल्याण्ड्सविरुद्धको खेलका क्रममा घाइते भएकी कविता कुवँरको स्थानमा रेवती धामीले टिममा मौका पाएकी छिन् । रेवतीले नेपाली टोलीबाट डेब्यु पनि गरेकी छिन् ।

दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो ।

यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिवार थाइल्याण्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *