काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलाल पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल कादिसियाले अल हिलालमाथि २-१ गोलको रोमाञ्चक जित निकालेको हो ।
अल कादिसियाको जितमा पिएरे एमरिक आउबामेयांगले दुवै गोल गरेका थिए । उनले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । त्यस्तै अल हिलालका लागि एक गोल मार्कस लिओनार्दोले गरेका थिए ।
यो जितपछि अल कादिसिया लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल कादिसियाको १७ खेलमा ३७ अंक भएको छ । त्यस्तै अल हिलालले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । अल हिलालको १७ खेलमा ४३ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको अल इत्तिहाद पनि पराजित भएको थियो । इत्तिहाद दमाकसँग २-१ ले पराजित भएको थियो ।
यो हारपछि अल इत्तिहादको १७ खेलमा ४३ अंक रहेको छ र दोस्रो स्थानमा छ ।




