खेलकुद

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले महिला यू-१९ विश्वकपको प्लेअफमा नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन बनाएर अल आउट भएको हो ।

मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली कप्तान पुजा महतोले सर्बाधिक ४ विकेट लिएकी थिइन् । त्यस्तै यस खेलमा रचना चौधरीले ३ विकेट लिएकी थिइन् ।

पुजाले यस खेलमा ४ विकेट लिएसंगै यस विश्वकपमा ९ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सूचीमा शिर्ष स्थानमा रहेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *