खेलकुद

यू–१९ महिला विश्वकपमा नेपाल आज अष्ट्रेलियासँग भिड्दै

काठमाडौं। नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट पूरा गरेको थियो अर्को खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेर जित हासिल गरेका थिए ।

सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भए पछि नेपाल आज जित्नै पर्ने दबाबमा छ ।

समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । बंगलादेश र स्कटल्यान्डको समान दुई अंक रहँदा नेपाल भने अंकविहीन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *