खेलकुद

खो खो विश्वकपमा उपविजेता बनेको नेपाली टिमलाई भव्य स्वागत

काठमाडौं । । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको भव्य स्वागत गरिएको छ । विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएका हुन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य(सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा .हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *