खेलकुद

इन्टरलाई हराउदै एसी मिलानले जित्यो सुपरकोपाको उपाधि

काठमाडौँ । एसी मिलानले इटालियन सुपरकोपाको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै मिलानले सुपरकोपाको उपाधि जितेको हो ।

एसी मिलानको जितमा थियो हर्नानडेज, क्रिस्टियन पुलासिक र टामी अब्राहीमले एक एक गोल गरेका थिए ।

त्यस्तै इन्टर मिलानका लागि लाउतारो मार्टिनेज र मेहदी तारेमीले एक एक गोल गरेका थिए ।

यो सहित एसी मिलानले आठ पटक सुपरकोपाको उपाधि जितेको छ । त्यस्तै इन्टर मिलानले पनि ८ पटक र युभेन्टसले सबैभन्दा बढी ९ पटक सुपरकोपाको उपाधि जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *