खेलकुद

जितसँगै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा

काठमाडौं । बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । चौथो डिभिजनको क्लब बार बास्ट्रोलाई ४-० ले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गरेका थिए भने पाब्लो टोरे र एरिक गार्सियाले एक एक गोल गरेका थिए ।

यसबाहेक एथलेटिक क्लब, एटलेटिको मड्रिड र सेभिया पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *