काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिला तर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताएका छन् ।




