खेलकुद

जनकपुरविरुद्ध कप्तान कुशल मल्लको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका कप्तान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् ।

उनले २८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । टस जितेर ब्याटिङ गरेको चितवनले १६ ओभरको समाप्तिमा १३१ रन बनाएर खेलिरहेको छ ।