खेलकुद

एनपीएल : विराटनगर टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको दोसो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा अहिले विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोज्नुभएको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली पहिले ब्याटिङमा उत्रिदैछ । दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

कर्णालीले यसअघि तीन खेल खेलिसहेको छ । जसमा दुई हार र एक जितको नतिजा निकालेको छ । यसअघि तीन खेल सकेको विराटनगरले पनि दुई हार र एक जितको नतिजा आत्मसाथ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *