खेलकुद

पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गर्दैछ ।

पोखरा आफ्नो तेस्रो र लुम्बिनी दोस्रो खेल खेल्दै छ । तर दुवै टोली जितविहीन छन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार व्यहोरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *