खेलकुद

जितपछि शिर्ष स्थानमा रहेको लिभरपुलले अग्रता बढायो

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले फराकिलो अग्रता बनाएको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनमाथि ३-२ गोल अन्तरको जित निकाल्दै लिगमा ८ अंकले अगाडी भएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डोमिनिक साजोबोसलाईले एक गोल गरेका थिए । त्यस्तै साउथहम्पटनका लागि एडम आर्म्सट्रन्ग र माटेस फेर्नानडेजले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको १२ खेलमा ३१ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ८ अंकले अगाडी भएको छ । त्यसैगरी साउथहम्पटनको भने १२ खेलमा ४ अंक रहेको छ र लिगमा पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *