खेलकुद

अल नासरको साउदी लिगमा पहिलो हार

काठमाडौँ । अल नासर साउदी प्रो लिगमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल क्वादिसियाहले अल नासरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ।

अल क्वादिसीयाहको जितमा जुलियन क्विनोनेज पियरे एमिरिक अउबामेयांगले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

यो हारले अल नासरको उपाधि जित्ने दौडमा धक्का पुगेको छ । यस सिजनको लिगमा अल नासरको यो पहिलो हार हो । अल नासरको ११ खेलमा २२ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै महत्वपूर्ण जित हासिल गरेको अल क्वादिसियाहको ११ खेलमा २२ अंक नै रहेको छ र लीगमा पाँचौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *