खेलकुद

शिखर धवनले सोमपालको कप्तानीमै एनपीएल खेल्ने

काठमाडौँ । कर्णाली याक्समा आबद्ध भएका भारतीय क्रिकेटर शिखर धवनले सोमपाल कामीको कप्तानीमा खेल्ने भएका छन् । फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले यसको पुष्टि गरेका हुन् ।

एनपीएलमा हालसम्मको ठूलो खरिदका रूपमा कर्णालीले भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर धवनलाई भित्र्याएको छ । धवनले कम्तीमा चार खेल खेल्ने घिमिरेले जानकारी दिएका छन् ।

टीमका मार्की खेलाडी (कप्तान) सोमपाल कामी हुन् । सोमपालकै कप्तानीमा धवनले एनपीएल खेल्ने घिमिरेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *