खेलकुद

एटलेटिको म्याड्रिडमाथि बेनफिकाको फराकिलो जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगीच क्लब बेनफिकाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बेनफिकाले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बेनफिकाको जितमा मुहमद केरेम अकटुरकोग्लु एन्जल डी मारिया, एलेक्जेडर बाह र ओर्कुन कोकसुले एक एक गोल गरेका थिए ।

बेनफिकाको यस सिजनमा यो लगातार दोस्रो जित हो । यो जितपछि बेनफिकाको २ खेलमा ६ अंक भएको छ ।

त्यस्तै एटलेटिको म्याड्रिडको भने २ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *