खेलकुद

नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

काठमाडौं । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् ।

शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ । त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *