खेलकुद

खेलकुदको विकासमा निरन्तर लाग्ने मन्त्री चौधारीको प्रतिबद्धता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज आयोजित स्वागत कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको विकासका लागि राखेपका सदस्य–सचिव र सरोकारवालसँग छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने “खेलकुद क्षेत्रलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँग टिम बनाएर अगाडि बढ्छु ।”

वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले १०औँ राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुङ्ग्याउने बताए । राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री चौधरीको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्ने विश्वास दिलाए ।

त्यसैगरी राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण कार्य सङ्क्षिप्त रुपमा जानकारी गराउँदै पहिलोपटक खेलकुद बीमा लेख जारी गरिएको बताए । उनले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० लाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको, उमेरसमूहलगायत विभिन्न प्रतियोगितामा जोड दिएको, कुन समुदायको कुन भूगोलको बच्चा कुन खेलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा मसिनो ढङ्गले अध्ययन भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *