खेलकुद

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता नत्यागे कारबाही गर्ने खेलकुदमन्त्री श्रेष्ठको चेतावनी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटको सदस्यले कुनै राजनैतिक दलको सदस्य नत्याग्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल स्काउटका प्रमुखसमेत रहेका मन्त्री श्रेष्ठले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको भन्दै राजनीतिक दलको सदस्यता त्याग नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

नेपाल स्काउटमा निर्वाचित पदाधिकारी विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानूनबमोजिम कारबाही गर्न भनी स्काउटरबाट उजुरी तथा गुनासो आएको भन्दै मन्त्री श्रेष्ठले उक्त विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।