खेलकुद

सवित्राले अब फ्रेन्च महिला लिग खेल्ने

काठमाडौं । इजरायलको लिग खेल्दै युरोपियन फुटबलको मजा लिएकी सवित्रा भण्डारीले अब फ्रेन्च महिला लिग खेल्ने भएकी छिन्। इजरायल र हमाल युद्धका कारण लिग बीचमै रोकिएपछि उनले त्यहाँ केही खेल मात्र खेल्ने अवसर पाएकी छिन्।

सावित्रा फ्रेन्च लिग वान क्लब अनआभा गड गॉपमा आबद्ध भएको बताइएको छ। मेडिकल परीक्षण गर्न सावित्रा फ्रान्स प्रस्थान गरिसकेकी छन् । सावित्राको अनुबन्धनको औपचारिक घोषणा भने भएको छैन। मेडिकल परीक्षणपश्चात औपचारिक घोषणा हुने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *