काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा भिर्गिल भान डाइक र डोमिनिक जोबोसलाईले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको १५ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको आर्सनल लिभरपुलभन्दा केवल २ अंकले अगाडी रहेको छ ।
त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १२औं हार हो । १५ खेलमा केवल ५ अंक रहेको शेफिल्ड लिगको पुछारमा रहेको छ ।




