खेलकुद

पाकिस्तानका बलिङ प्रशिक्षक मोर्केलले दिए राजीनामा

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोली भारतमा जारी आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणबाट बाहिरिएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।

पाकिस्तानी टोली जारी विश्वकपको प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा पनि साबिक विजेता इङ्गल्यान्डसँग ९३ रनले पराजित भएको थियो । त्यसको दुई दिनपछि ३९ वर्षीय मोर्केलले पदबाट राजीनामा दिएका हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले पनि मोर्केलले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । मोर्केलले विश्वकपमा पाकिस्तानी टोलीको हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिइएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *