काठमाडौँ । विश्व विजेता अर्जेन्टिनी फुटबल टिमलाई घरमा भव्य स्वागत गरिएको छ । अर्जेन्टिनाको राजधानी बुएनोस आइरजमा विश्वकप जितेको टिमलाई भव्य स्वागत गरिएको हो ।
स्थानीय समय अनुसार अर्जेन्टिनी टिम बिहान २: २० बजे स्वदेश पुगेको थियो ।
विमानस्थलबाट टिमलाई ओपन बसमा राखेर विजयत्सव बनाउन शुरु गरिएको थियो । लाखौको संख्यमा समर्थकहरु विमानस्थलदेखि नै सडकको दुवै छेउमा उपस्थित भएका थिए । विमानबाट उत्रिदा अर्जेन्टिनी कप्तान लियोनेल मेसीले विश्वकपको ट्रफी समातेर बाहिर आएका थिए । उनीसँगै अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनी पनि सँगै बाहिर आएका थिए ।

खेलाडी र अफिसियलको स्वागतमा आकासमा आत्तिसबाजी गरिएको थियो । अर्जेन्टिनाले दुई विमानमा खेलाडी, अफिसियल र उनीहरुका परिवारलाई स्वदेश लागेको थियो ।
अर्जेन्टिनाले विश्वकप जितेदेखि नै राजधानीका सडकमा लाखौ मानिसहरु जम्मा भएर खुशियाली मनाइरहेका थिए । स्थाई हजारौ मानिसहरु अर्जेन्टिनी फुटबल फेडेरेसनको कार्यालय अगाडी जम्मा भएर बधाई दिएका थिए । त्यस्तै सामाजिक सञ्जालमा विश्वकप जितेपछि मेसीको घर अगाडी पनि हजारौ मानिसहरु जम्मा भएर विजयको शुभकामना दिएका थिए । 











